सत्यमोहन जोशी अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख
काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि १०२ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशी ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना भएका छन् ।
सोमबार रातिदेखि स्वासप्रस्वासमा समस्या आएपछि जोशीलाई मंगलबार दिउँसो करिब १ बजेतिर भर्ना गरिएको अस्पतालले जनाएको छ । उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सत्यमोहन जोशी
तपाईको प्रतिक्रिया दिनुहोस