एनपीएलको नाममा नक्कली पीसीआर रिपोर्ट बनाउने एक भारतीय पक्राउ


काठमाडौं पछिल्लो सयम कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ बनाउने र पोजेटिभ बनाउँने गिरोहहरु सक्रिय हुन थालेको पाइएको छ । ल्याबका कर्मचारी इमान्दार हुँदा हुँदै पनि बाहिरी गिरोहले फोटोसप प्रयोग गर्दै अवैध रुपमा पीसीआर रिपोर्ट बनाउने गरेको पाइएको छ ।

बुधबार एनपीएल ल्याबको लेटर हेडमा पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका एक भारतीय नागरिकलाई ल्याबका कर्मचारीको सहयोगमा पक्राउ गरिएको छ । एनपीएल ल्याबका म्यानेजिङ डाइरेक्टर पवन जोशीकाअनुसार विमानस्थलभित्र प्रवेश गर्ने समयमा स्वास्थ्यकर्मीले रिपोर्ट हेर्दा नक्कली पुष्टि गरेपछि प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।

बरुण शर्मा नाम गरेको ती व्यक्तिले आफुले नक्कली बनाएको स्वीकार गरेका छन् । तर, यसमा ठूलो सञ्जाल रहेको भन्दै अन्यको नाम नखुलाउने बताए । पछिल्ला समय पीसीआर रिपोर्टमा बदमासी हुने गरेका समाचारहरु बाहिर आउँन थालेका छन् ।

पवन जोशीकाअनुसार पक्राउ परेका ती व्यक्तिले एनपीएलमा गत २४ जनवरीमा पीसीआर परीक्षण गराएका थिए । त्यस बेला उनको रिपोर्ट पोजेटिभ थियो । तर, त्यसपछि उनले पीसीआर परीक्षण गराएको रेकर्ड छैन । पीसीआर परीक्षण नै नगरी कसरी हाम्रो ल्याबको लेटर हेडमा नेगेटिभ भनेर रिपोर्ट आयो आश्चर्य छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ