विएण्डसीका मालिक दुर्गा प्रसाईले पत्रकारलाई घर किनिदिएको भनेपछि…
काठमाडौं । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालका मालिक दुर्गा प्रसाईले झापाका दुई पत्रकारलाई घर नै किनिदिएको भनेपछि यो विषय चर्चामा आएको छ ।
पत्रकारलाई भेट्न बोलाएर मेडिकल व्यवसायी प्रसाईले नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी र पत्रकार महासंघ प्रदेश एक समितिका सदस्य समेत रहेका उक्त दैनिकमा कार्यरत पत्रकार सुरेन्द्र भण्डारीलाई घर नै किनिदिएको छु भन्ने अभिव्यक्ति दिएका थिए । प्रसाईको यो दाबीपछि अहिले पत्रकार जगतमा तरंग ल्याएको छ ।
प्रसाईको अभिव्यक्तिका विषयमा प्रेस चौतारी झापाले निष्पक्ष र सत्य तथ्य छानबिनको माग गरेको छ । चौतारी झापा जिल्ला कमिटीले प्रेस विज्ञप्ति निकाल्दै बिएण्डसी अस्पतालका निर्देशक दुर्गा प्रसाईले पत्रकारलाई बोलाएर गिरी र भण्डारीको विषयका दिएको अभिव्यक्ति आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
चौतारीले बिएण्डसीका सञ्चालक प्रसाईको पत्रकार गिरी र भण्डारीलाई घर बनाई दिएको र बिना काम तीन वर्षसम्म हस्पिटलबाट पैसा लिएको आरोपबारे छानबिन गरी दोषीलाई कारबाही गर्न समेत माग गरेको ।
पत्रकार गिरी र भण्डारीले पत्रकारिता जगतको प्रतिष्ठा नै धमिलो बनाउने र प्रेस क्षेत्रको गरिमालाई तासेर पातलो बनाउने काम गरेको चौतारीको विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस