१८ वर्षमाथिका सबैलाई बुस्टर डोज खोप दिने स्वास्थ्यमन्त्रीको घोषणा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा १८ वर्षमाथिका सबैलाई बुस्टर डोज खोप दिने घोषणा गरेका छन् ।

उनले फागुन १ गतेदेखि १८ वर्षमाथिका दोस्रो मात्रा खोप लगाएका सबैलाई बुस्टर डोज खोप दिने निर्णय भएको बताए ।

मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री खतिवडाले आफ्नो प्रगति विवरणमा नक्कली पीसीआर रिपोर्ट बनाउनेलाई कारबाही गर्नेदेखि वीर अस्पतालमा कोभिड-१९ हटलाइन सञ्चालन गरेको  विषय समेत समेटेका छन् ।

जेष्ठ नागरिक अस्पताल बनाउन आगामी आर्थिक वर्षको बजेट समेट्ने उनको भनाइ छ । मन्त्री खतिवडाले आफू मन्त्री भएपछि गरेको काम भन्दै पहिला भएका कामको पनि स्वामित्व लिन खोजेका थिए । तर ‘साउण्ड सिस्टम’ले काम गर्न छोडेपछि यसको स्वास्थ्य बिग्रिएको भन्दै उनले’साउण्ड सिस्टम’माथि व्यंग्य गरे । प्रधानमन्त्री भनेको खोप, खोप, खोप भन्ने अभियान चैत्रभित्रै पूरा हुने मन्त्री खतिवडाको दाबी छ ।

२४ लाख डोज खोप हराएको विषयमा प्रस्टीकरण दिँदै उनले तल्लो तहसम्म पुगेको खोपको रेकर्ड नआएकाले हराएको भन्ने आरोप लागेको तर्क दिए । खेर गएको खोप, रेकर्डमा नआएको खोप, प्रदेश र स्थानीय तहमा पठाएको खोपको विवरण लिएर मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी संयोजकत्वको छानबिन समितिले यथार्थ बाहिर आउन उनको भनाई छ ।

बुस्टर डोज लगाएकाले खोप कार्ड लिन र राज्यको रेकर्डमा आइदिन मन्त्री खतिवडाले आग्रह समेत गरेका छन् । २४ लाख डोज खोप हराएको विषयमा उनले आफैं प्रश्न गर्दै आफैंले जवाफ दिएका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ