मेडिकल कलेज र प्रतिष्ठानले स्याटलाइट अस्पताल सञ्चालन गर्नुपर्ने


काठमाडौं । सरकारले स्याटलाइट अस्पताल सञ्चालनका लागि २ करोड ४६ लाख २० हजार रुपैयाँ निकासा गरेको छ । स्याटलाइट अस्पताल सञ्चालन गर्नेबारे वर्ष कुरा उठेपनि रकम विनियोजन नहुँदा सेवा सुरु हुन सकेन ।

अर्थ मन्त्रालय स्रोतका अनुसार सबै मेडिकल कलेज र प्रतिष्ठानहरुले कम्तीमा एउटा जिल्लास्थित अस्पतालमा सर्जिकल सेवा सहितको स्याटलाइट अस्पताल संचालन गर्नुपर्ने छ । उक्त सेवा मार्फत मेडिकल कलेज र प्रतिष्ठानले विशेषज्ञ सेवा दिनु पर्ने उल्लेख छ ।

सरकारले जिल्लामा विशेषज्ञ सेवासहितको स्याटलाइट अस्पताल संचालन गरेबापत चिकित्सकलाई प्रोत्साहन खर्च दिने भएको छ । उक्त निर्णय गत असोज ५ गते भएको छ । विशेषज्ञ सेवा लिनका लागि हप्तौं धाउनु पर्ने बाध्यता हटाउन र गाउँमा विशेषज्ञ सेवा दिन सरकारले यस्तो रणनीति अख्तियार गरेको हो ।

स्वास्थ्य लाइभलाई प्राप्त विवरणअनुसार सर्जिकल सेवासहितको स्याटलाइट अस्पताल सञ्चालन गर्न शिक्षण अस्पताललाई १२ लाख ३१ हजार, त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई १२ लाख ३१ हजार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १२ लाख ३१ हजार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १२ लाख ३१ हजार, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १२ लाख ३१ हजार र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १२ लाख ३१ हजार दिएको छ ।

मेडिकल कलेजहरुमा नेपाल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, मणिपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, काठमाडौं मेडिकल कलेज, बिराट मेडिकल कलेज, किष्ट मेडिकल कलेज, धुलिखेल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, नोबेल मेडिकल कलेज र नेपाल मेडिकल कलेजका लागि १ करोड ७२ लाख ३४ हजार निकासा भएको देखिन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ