काठमाडौंको गोकर्णेश्वर नगरपालिका वर्ड फ्लु प्रभावित क्षेत्र घोषणा


काठमाडौं । सरकारले गोकर्णेश्वर नगरपालिकलाई  वर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।

मन्त्रिपरषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित गोबिन्द मगरले पन्छी पालेको स्थान वरिपरिको क्षेत्रलाई वर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरिएको जानकारी गराए ।

त्यस्तै चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ६ स्थित अनिता पशुपन्छी कृषि फार्मलाई केन्द्र मानी त्यस स्थान वरिपरिको क्षेत्रलाई वर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय भएको सञ्चारमन्त्री कार्कीको भनाई छ   त्यस स्थान वरिपरिको १ सय मिटरसम्मको क्षेत्रमा पन्छी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट बयालिस दिन अवधि सम्मका लागि वर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।

सरकारले यसअघि पनि मन्त्रिपरिषद्को बैठकले विराटनगर महानगरपालिकालाई वर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरिसकेको छ ।

 

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ