एक महिनामा १५० काेभिड सङ्क्रमित गर्भवतीले सेवा लिए
काठमाडौं । विगत एक महिनाकाे अवधिमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा १५० जना काेभिड सङ्क्रमित गर्भवतीले सेवा लिएका छन् ।
गत माघ ३ गते देखि सन्चालनमा ल्याएको छुट्टै कोभिड युनिटमा ३ फागुन सम्म १५० जना कोभिड सङ्क्रमित गर्भवतीहरूको भर्ना गरि उपचार भएकाे अस्पतालका निर्देशक प्रा.डा. अमिर बाबु श्रेष्ठले बताए ।
निर्देशक श्रेष्ठका अनुसार यश अवधिमा ९६ जना संक्रमितको डेलिभरी भएकाे छ । जसमा नर्मल डेलिभरी ४३ जनाको र सल्यक्रिया मार्फत ५८ जनाको भएको छ । यता १२ जनाको विभिन्न स्त्रीरोग सम्बन्धि उपचार तथा शल्यक्रिया भएको थियो। हाल सङ्क्रमितको सङ्ख्या घटेर जम्मा २ जना गर्भवती मात्रै भर्ना छन् श्रेष्ठले भने ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस