क्रिष्टलले पायो आइएसओ सर्टिफाई मान्यता
काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको क्रिष्टल डाइग्नोस्टिक ल्याबले आइएसओ सर्टिफाई मान्यता प्राप्त गरेको छ । केन्द्रिय प्रयोगशाला टेकुले ए ग्रेडको मान्यता दिएको क्रिष्टल डाइग्नोस्टिक ल्याबले आइएसओ सर्टिफाई मान्यता प्राप्त गर्न सफल भएको हो ।
क्रिष्टल डाइग्नोस्टिक ल्याबका प्रबन्ध निर्देशक रवीन्द्र केसीका अनुसार अन्तराष्ट्रि ल्याब सरह प्याथोलोजी सेवा प्रदान गर्दै आएको छ । उनका अनुसार क्रिष्टल डाइग्नोस्टिक ल्याब अमेरिकन र युरोपियन प्रविधिबाट बनाइएको छ । क्रिष्टल डाइग्नोस्टिकले एक वर्षमा एक लाखभन्दा बढीको पिसिआर र ५० हजार जनालाई प्याथोलोजी सेवा दिएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस