स्वास्थ्यमन्त्री खतिवडासहित एसका मन्त्रीलाई कर्मचारीले टेर्न छाडेकै हुन् ?


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासहित नेकपा एकीकृत समाजवादी (एस)का मन्त्रीलाई कर्मचारीले टेर्न छाडेको चर्चा सुरु भएको छ ।

नेकाप एसका अध्यक्ष माधव कुमार नेपालले नेकपा एसबाट सरकार गएका मन्त्रीहरुलाई कर्मचारीले टेर्न छाडेका सार्वजनिक अभिव्यक्ति दिएपछि यसले थप चर्चा पारको छ ।

नेकपा एसबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री लगायतलाई  कर्मचारीले नटेरेको आरोप लागेको छ । नेकपा एसबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाउने चर्चाकाबीच यस्तो गुनासो सुरु भएको हो । पछिल्लो समय पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री कृष्ण कुमार श्रेष्ठलाई पनि कर्मचारीले टेर्न छाडेको गुनासो नेपालसमक्ष पुगेको छ । आलेको एक्सनको रफ्तार घट्नुले त्यो चर्चामा दम देखिन्छ ।

आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरु हेरफेर हुन लागेको सार्वजनिक अभिव्यक्ति दिएका छन् ।  यो अभिव्यक्तिपछि कर्मचारीले झनै मन्त्रीहरुलाई नटेर्ने अवस्था देखिएको छ ।

कमिसन र नाजायज काममा संलग्न गराउन खोजेको भन्दै यसै कर्मचारीहरु मन्त्रीसँग रुष्ट छन् । स्वास्थ्यमन्त्री खतिवडाको हकमा पनि यो कुरा लागू हुन्छ ।  एसका अध्यक्ष नेपालले भनेजस्तो स्वास्थ्यमा भने कर्मचारीले नटेरेको पाइँदैन । स्वास्थ्यमन्त्री खतिवडा अहिले स्वास्थ्यका उच्च कर्मचारीको जम्बो टोली लिएर मन्त्रालयको काममा भक्तपुरको दुवाकोट जाँदैछन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ