सोपान फर्माका मालिक डा. महतो रुसको महावाणिज्यदूत नियुक्त


काठमाडौं । औषधि उत्पादन कम्पनी सोपान फर्माका लगानिकर्ता डा. विरेन्द्र महतो रुसको अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएका छन् ।

पब्लिक कम्पनीको हैसियतमा स्थापित सोपान फर्मास्युटिकल्समार्फत औषधि उद्योगमा प्रवेश गरेका डा. महतो नेपालकै स्थापित ‘बिजनेसम्यान’ हुन् ।  पूर्व सांसद महतो हालै परराष्ट्रमन्त्री नारायण खड्काले रूसको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेका हुन् ।

डा. महतोलाई रुसका विदेश मन्त्री ई.एस. ईभानोभ र कन्सुलर विभागका निर्देशक आई.के. भोलिन्किनले २४ सेप्टेम्बर २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो ।

नेपालको व्यावसायिक घराना महतो ग्रुप अफ कम्पनीका उपाध्यक्ष हुन् र माछापुच्छ्रे बैंकका अध्यक्ष समेत रहेका डा. महतोलाई रुसको महावाणिज्यदूतमा नियुक्त गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । रसियन भाषामा विशेष दख्खल राख्ने र रुससँग विशेष सम्बन्ध रहेका उनलाई परराष्ट्र मन्त्रालयले ओहदाको प्रमाणपत्र प्रदान गरेको छ ।

डा. महतो उपाध्यक्ष रहेको महतो ग्रुप अफ कम्पनीले नेपाल मेडिसिटी हस्पिटललगायतका स्वास्थ्य सम्बन्धी व्यवसायमा समेत ठूलो लगानी गरेको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ