नेपालमा परिवार नियोजनको साधन प्रयोगमा प्रतिबन्ध लगाउनु पर्ने कुरा उठिरहँदा भारतमा किट विवाद
काठमाडौं । नेपालमा परिवार नियोजनको साधन प्रयोगमा प्रतिबन्ध लगाउनु पर्ने कुरा उठिरहँदा भारतमा परिवार नियोजमा प्रयोग हुने किटले विवाद निम्त्याएको छ ।
जनसंख्या कम बृद्धि भएको भन्दै परिवार नियोजनका साधन प्रयोगमा प्रतिबन्ध लगाएर बच्चा उत्पादन गर्ने क्षमता बढाउने कुराले नेपालमा तरंग ल्याइरहेको बेला भारतमा पनि परिवार नियोजन किटले हंगामा मच्चाएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार भारतको पश्चिमी राज्य महाराष्ट्रमा महिला स्वास्थ्यकर्मीले जनचेतनाका लागि प्रयोग गर्ने परिवार नियोजनको किटमा रबरको लिंग राखिएको विषयलाई लिएर हंगामा मच्चिएको हो । रबर मोडलका कारण किट बोक्ने महिला स्वास्थ्य कार्यकर्ता अफ्ठ्यारोमा परेको भन्दै त्यहाँका विपक्षी सांसदहरुले आपत्ति जनाएका हुन् । किटमा रबरको लिंग र पाठेघर राखिएको छ ।
भारतको बढ्दो जनसंख्यालाई रोक्न घरघरमा पुगेर प्रजनन स्वास्थ्यबारे जानकारी गराउँदै परिवार नियोजनका साधनहरुको प्रयोगबारे चेतना फैलाउनेलगायतका काम गरिँदै आएको छ । परिवार नियोजन सचेतना फैल्याउने नाममा त्यस्तो कुरा बोकेर जानु लाजमर्दो हुने गरेको महिला स्वास्थ्यकर्मीहरुको टिप्पणी रहेको छ ।
भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का सांसद आकाश फुन्दकरले ती किट फिर्ता लिएर स्वास्थ्यकर्मीसँग माफी माग्नुपर्ने माग समेत राखेका छन् । पार्टी उपाध्यक्ष चित्रा वागले त सरकारले परिवार नियोजनको सचेतना फैल्याउने नाममा ‘यौन भोग’ प्रवर्द्धन गरिरहेको आरोप समेत लगाउन भ्याए ।
नेपालमा पनि परिवार नियोजनका साधनको सट्टा यस्तै ‘यौन भोग’ प्रवर्द्धन गर्ने कुरामा जोड दिनुपर्नेमा एउटा समूह सक्रिय बन्न थालेको छ । भारतमा भएको प्रयोग नेपालमा पनि नहोला भन्न सकिन्न ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस