विश्व क्षयरोग दिवस
नेपालमा क्षयरोगको डरलाग्दो अवस्था
काठमाडौं । विश्व क्षयरोग दिवस मनाउँदै गर्दा नेपालमा क्षयरोगको अवस्था निकै डरलाग्दो देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा क्षयरोगका कारण वार्षिक १६ हजारले ज्यान गुमाउने गरेका छन् । राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण, २०७४)७५ का अनुसार नेपालमा वार्षिक रुपमा नयाँ तथा पुराना गरी १ लाख १७ हजार क्षयरोग बिरामी हुन्छन् । त्यस्तै नयाँ क्षयरोगका बिरामीहरु भने वार्षिक रुपमा ६९ हजार थपिने उक्त सर्वेक्षणको निष्कर्ष छ । आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्क हेर्दा नेपालमा २८ हजार ६ सय ७७ जना क्षयरोगका बिरामी उपचारमा दर्ता भएका छन् । क्षयरोगको उपचार सफलता भने ९१ प्रतिशत रहेको सरकारी दाबी छ । उक्त संख्यामध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र ७ प्रतिशत बालबालिकालाई उक्त आर्थिक वर्षमा क्षयरोगको उपचार गरिएको छ ।
अनुमानित संख्या र उपचारमा आएको बिरामीको संख्या हेर्दा वार्षिक झन्डै ४० हजारभन्दा बढी व्यक्तिलाई उपचारको दायरमा ल्याउन आवश्यक रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जय कुमार ठाकुरले बताए ।
क्याटेगोरी : प्रदेश, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस