शुक्रराज अस्पतालको क्वार्टरमा एक महिलाले ‘आत्महत्या’ गरिन्
काठमाडौं । बिहिवार दिउसो शहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको क्वार्टरमा एक महिलाले ‘आत्महत्या’ गरेकी छन् ।
अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. राकेश झाकी श्रीमती २७ वर्षीय सोनी झाले ‘आत्महत्या’ गरेको अस्पतालले जनाएको छ । स्रोतका अनुसार उनी वाथरुममा सलले बेरिएको अवस्थामा मृत भेटिएकी थिएन् ।
झा दम्पतीको ३ वर्ष ७ वर्षको गरी दुई बच्चा समेत रहेका छन् । के कारणले उनले मृत्यु रोजिन भन्ने खुलेको छैन । ‘सुसाइट नोट’मा भने मृतक झाले सासु र श्रीमानको बहिनीका कारण आत्महत्या गर्नुपरेको उल्लेख गरेको कालिमाटी प्रहरीले जनाएको छ ।
मृतको शव भाइ र मामाको रोहबरमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको छ । मृतकको माइतीतर्फका अन्य सदस्य जनकपुरबाट काठमाडौं आउने जानकारी प्राप्त भएको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : प्रदेश, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस