रिता भण्डारी जोशीलाई स्वास्थ्य मन्त्रालय तानियो
काठमाडौं । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव डा. रिता भण्डारी जोशीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ । गत २० पौषमा जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमतिमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव बनाएर पठाइएको थियो । तीनमहिना पुग्न नपाउँदै उनलाई सामान्यले पुनः स्वास्थ्यमै फिर्ता पठाएको छ ।
भण्डारी सचिव हुनुभन्दा अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख थिइन् । कार्यक्षमता कमजोर भएको भन्दै मन्त्रालयले उनलाई हटाएर प्रसूति गृहकी निर्देशक डा. संगिता कौशल मिश्रालाई ल्याईएको थियो ।
समायोजन भएर प्रदेशमा गएकी भण्डारी अदालतको अन्तरिम आदेशको आडमा संघमा फर्रिएकी थिइन् । सर्वोच्च अदालतको फैसलाले संघमा फर्कने बाटो बन्द गर्दै प्रदेशमै पठाउने फैसला गरेपछि स्वास्थ्य मन्त्रालयले उनलाई समायोजन भएर गएको प्रदेशमा पठाउनु पर्ने देखिन्छ ।
क्याटेगोरी : प्रदेश, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस