प्रकाशमान र दिपेन्द्रको उपस्थितिमा काठमाडौंका विभिन्न ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति प्रकाशमान सिंह र बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको सहभागीतामा काठमाडौंमा विभिन्न ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

पछिल्लो समय रगतको अभाव भइरहेका खबरकाबीच मन्त्री श्रेष्ठ र कांग्रेस नेता सिंहको सक्रिय सहभागितमा काठमाडौंका विभिन्न ठाउँमा आज रक्तदान कार्यक्रम राखिएको हो ।

पर्यटनमन्त्री श्रेष्ठका अनुसार शनिबार काठमाडौं महानगरपालिकाका विभिन्न वडामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १०, २९, ३१ लगायतका विभिन्न वडामा रक्तदान कार्यक्रमको आयोजना हुँदै आएको छ ।

यसपटकको रक्तदान कार्यक्रममा भने पूर्व उपप्रधानमन्त्री समेत  रहेका कांग्रेस नेता सिंहसहित पर्यटन मन्त्री श्रेष्ठ, बागमती प्रदेशका प्रदेश सभा सदस्य राजेन्द्र गुरुङ, पूर्व संविधान सभा सदस्य कल्याणी रिजाल, सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक सिंह बहादुर श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

जीनवरक्षाका लागि महत्त्वपूर्ण मानिने रगत संकलन गर्ने काममा आफ्नाे क्षेत्रमा विभिन्न संघ संस्थामार्फत कांग्रेस नेता सिंह र श्रेष्ठले विशेष भूमिका खेल्दै आएका छन् ।  बजारमा रगतको अभाव भइरहेको कुरा उठिरहँदा नेता सिंह र मन्त्री श्रेष्ठले रक्तदानका लागि आफ्नो क्षेत्रका नागरिकलाई प्रोत्साहन गरेका छन् ।

रक्तदानलाई जीवनदानको रुपमा पहिचान गराउँदै सबै नागरिकलाई रक्तदानमा प्रोत्साहन गरिएको बागमती प्रदेशका पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको भनाइ छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ