सिनेट रोक्ने वीपीका किर्ते प्राध्यापक उपकुलपति गिरीको मुद्दा आज पनि सुनुवाईमा
काठमाडौं । सिनेट रोक्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीले हालेको रिट सुनुवाईको पेशीमा छ । वीपीका किर्ते प्राध्यापक उपकुलपति गिरी सञ्चालक परिषद् ‘सिनेट’ बैठक रोक्न रिट निवेदन लिएर सर्वोच्च पुगेका छन् । शुक्रबार पेशीमा चढेपनि उक्त रिट हेर्न नभ्याइनेमा पर्यो ।
सिनेट रोक्ने किर्ते प्राध्यापक गिरीको रिट निवेदनको आज फेरि पेशी तोकिएको छ । चैत २० गते साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको वीपीको सिनेट बैठक रोक्न रिट निवेदन बोकेर किर्ते प्राध्यापक डा. गिरी र अस्पताल निर्देशक डा. गौरीशंकर साह सर्वोच्च अदालत पुगेको हुन ।
सिनेट बोलाउने प्रतिष्ठानका सहकुलपतिको विशेषाधिकारलाई चुनौती दिँदै किर्ते प्राध्यापक उपकुलपति गिरी अस्पताल निर्देशक शाहलाई साथमा लिएर सर्वोच्च पुगेका हुन् । उनको रिटको आज फेरि सुनुवाई हुँदैछ ।
गिरीले रिटको सुनुवाई अगाडि सर्वोच्चका विभिन्न न्यायाधीशलाई भेटेको चर्चा छ ।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस