जब मान्छे भगवान बनेर दोस्रो जन्म दिन आए…
काठमाडौं । मानिसको जीवन र श्वास जोगाइदिने भएकाले डाक्टरलाई भगवानकै अर्को रुपमा लिने गरिन्छ । तर यहाँ डाक्टर होइन अस्पतालमा कार्यरत कर्मचारीनै बिरामीको ज्यान जोगाउन भगवानको रुपमा देखा परेकी छिन् । बिरामीको छोरीले नै ती कर्मचारीलाई भगवानको रुपमा प्रशंशा र सम्बोधन गरेकी छिन् ।
काठमाडाैंको त्रिवि शिक्षण अस्पतालमा कार्यरत समाजसेवी कर्मचारी सामना थापालाई एक बिरामीकी छोरी सरस्वती खत्रीले भगवानको रुपमा सम्बोधन गरेकी छिन् । थापाकै कारण आफ्नी आमाले दोस्रो जन्म पाएको भन्दै खत्रीले उनलाई आफ्ना लागि भगवानको रुपमा आएको भनेकी छिन् ।
संसाररूपी आमालाई भक्तपुर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार गर्दा आर्थिक सहयोग गरेर ज्यान बचाउन भूमिका खेलेको भन्दै खत्रीले थापालाई भगवानको दर्जा दिएकी हुन् । कर्मचारी भएपनि पैसा अभावका कारण छटपटाइरहेका बिरामीलाई आर्थिक सहयोग जुटाउँदै आएकी थापालाई शिक्षण अस्पतालमा उपचारका लागि आउने गरिब तथा विपन्न बिरामीका आफन्तले भगवान जस्तै मान्ने गर्छन् । पैैैसाका करण उपचार नपाएका बिरामीलाई देखेर उनको हृदय पग्लिने गरेको छ । थापाले यस्ता धेरै बिरामीलाई उपचारमा आर्थिक सहयोग गर्दै आएकी छिन् ।
निकै ठूलो हृदय भएकी समाजसेवी थापालाई बिरामी र आफन्तले भगवान पनि नमानु कसरी उनी हरेकलाई सकेको सहयोग गर्छिन्। त्यसैले उनलाई भगवानको दर्जा दिएको हुन सक्छ ।
दोस्रो जन्म पाएको भनिएकी बिरामीको छोरीले समाजसेवी थापाको नाममा गरेको सम्बोधन !
आदरणीय मेडम ( सामना थापा )हजुर त्यो समयमा भगवान बनि आउनु भयो । जो समयमा मेरो हात जोडनुबाहेक अरु केहिपनि थिएन मसँग भएको सबै पैसा, “ममि” रुपालाई Bhaktapur cancer र Teaching hospital (T.U.) मा ,मेरो ममिले ज्याला गरेको पैसा समेत सबै सकियो ! “ममि”को हेरचाह गर्ने मान्छे थिएन र अफिस, जाने समय नहुँदा मलाई मेरो आफ्नो जागिरबाट साहूले लिकालिदियो र मेरो बुवाले मेरो “ममिलाई पहिले नै छोडिसकेकोले बुवाको पनि सहयोग नपाउँदा, डाक्टर ले पैसाकै कुरा गरिरहँदा teaching hospital काे गेटबाटै २/३ पटक फर्किए । त्यहीं क्रममा हजुरले मलाई छटपटाएको देखेर मलाई आफ्नो बहिनी सम्झेर लाखौं लाख सहयोग गर्नु भयो त्यसको लागि हजुरलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु ।
त्यो समयमा हजुर मेरो लागि भगवान बनि आउनु भयो । हजुर सधैं मेरो मनमा रहिरहनु हुन्छ ! “जति नै उमेर बढ्दै गएपनि आमाको मायाको जरूरत सधैं परिरहन्छ । हजुरकै कारण मेरो संसार(मेरी आमा)को दोस्रो जन्म पाएको छु । हजुर मेरो लागि भगवानको रूपमा आउनु भयो, हजुरलाई कुन शब्दले धन्यवाद दिउँ, हजुरको यति ठूलो सहयोग को सधैं ऋणी रहनेछु ।
सरस्वती खत्री
क्याटेगोरी : जीवनशैली
तपाईको प्रतिक्रिया दिनुहोस