सशस्त्रको नि:शुल्क स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

क्यान्सर स्क्रिनिङ तालिम संचालन


काठमाडौैं । सशस्त्र प्रहरी बल, नेपालले नि:शुल्क स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकार गृह मन्त्रालय र सशस्त्र प्रहरी बल नेपालले लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको सियारी गाउँपालिका २ मैनाहिया स्वास्थ्य चौकीमा चैत्र १२ र १३ गते सञ्चालित उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल एपिएफ अस्पतालको आयोजनामा तथा हर्नैया गाउँ कार्यपालिकाको समन्वय तथा सह-आयोजनामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविर तथा महिला स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम र क्यान्सर स्क्रिनिङ तालिम सम्पन्न भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

उक्त स्वास्थ्य शिविरमा नेपाल एपिएफ अस्पतालका बिशेषज्ञ चिकित्सक प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा.सौजन्य कर्मचार्यको कमाण्डमा खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा दिएका छन् । ९   सय ८ जना स्थानिय नागरिकहरुको, नाक, कान, घाँटी, हाडजोर्नी, आँखा, दाँत, छाला, मेडिसिन र गाईनेकोलोजी क्यान्सर स्क्रिनिङ्ग (प्याप टेष्ट र एच.पि.भि.डि.एन.ए. सम्बन्धी चेकजाँच), ई.सि.जि., अल्ट्रासाउण्ड तथा जनरल चेकअप गर्नुका साथै नि:शुल्क औषधि समेत वितरण गरिएको छ । 

१ सय ५० जना महिला दिदीबहिनीहरुको प्याप टेष्ट र एच.पि.भि.डि.एन.ए.जाँच र स्थानीय स्वास्थ्य संस्थामा कार्यरत ८७ जना स्वास्थ्यकर्मीहरुलाई भि.आई.ए.तथा भि.आई.एल.आई.सम्बन्धी तालिम प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

लुम्विनी प्रदेशका माननिय ग्रामिण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले अध्यक्षता गरेका थियो ।

सो समारोहमा लुम्विनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री बसुद्धिन खान, नेपाली काँग्रेसका जिल्ला सभापति रामकृष्ण खाँण, गृह मन्त्रालयका प्रतिनिधि बृजेश कुमार न्यौपानेको सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्याबासिनी बाहिनीका बाहिनीपति स.प्र.ना.म.नि. कुलबहादुर नेम्वाङ्ग, सशस्त्र प्रहरी बल, नेपाल नं.२७ गण हे.क्वा.रुपन्देहीका गणपति स.प्र.उ. शंकर खनाल लगायत विभिन्न संघसस्थाका महानुभावहरुका साथै स्थानीय सर्बसाधारणको सहभागिता रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ