यी १२ जना नर्स प्रहरी अस्पतालको वरिष्ठ सई बन्दै


काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत १२ जना नर्स प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ प्रहरी नायव निरीक्षकमा बढुवा हुँदैछन् ।

बढुवा समितिले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फका १२ जना सईलाई वरिष्ठ सईमा लागि सिफारिस गरेसँगै उनीहरू वरिष्ठ सई बन्ने भएका छन् ।

बढुवा समितिले वरिष्ठ सईमा सिफारिस गरेका नर्सहरुले प्रक्रिया पूरा गरेपछि फूली लगाउने छन् । बढुवा समितिमा वरिष्ठ सईमा बढुवाका लागि सिफारिस गरेका नर्सहरुमा संगिता अधिकारी, जानुका पाण्डे, आकृति ढुंगेल, संभवी अधिकारी, संगिता भट्ट, सोधा गुरूङ र सजनी खड्का रहेका छन् । त्यस्तै प्रहरी अस्पतालमै कार्यरत नर्सहरू सम्झना कुमारी राय क्षेत्री, सुस्मिता तिमिल्सिना, रशु थापा, सिर्जना अधिकारी र रूबिना थापा पनि वरिष्ठ सईमा बढुवा लागि सिफारिस भएका छन् ।

सिफारिस भएका सबैजना वरिष्ठ सईमा बढुवा हुने निश्चित रहेको प्रहरी अस्पतालका एक अधिकारीले जनाए ।

 

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #नेपाल प्रहरी अस्पताल, #बढुवा समिति, #वरिष्ठ सईमा बढुवा, #सई

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ