नोबेलका डा. यादव मृत्यु प्रकरण: ४ जना प्रहरी नियन्त्रणमा
काठमाडौं । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डा. विजय यादव मृत्यु प्रकरणमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरीका अनुसार २७ वर्षीय डा. यादवको ‘हत्या’मा संलग्न भएको आशंकामा जीवन कठायत, सुदीप पौडेल, राजेश यादव र बबी यादवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
मृत अवस्थामा भेटिएका यादवको मुख, नाकबाट रगत निस्कनुको साथै छाती, हात खुट्टामा चोटपटक लागेको प्रहरीको भनाइ छ । डा. यादवलाई बाहिर हत्या गरेर उनी बस्ने डेरा नजिकै फ्यालिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान छ ।
डा. यादवको हत्यामा संलग्न भएको आशंकामा सोधपुछको लागि प्रहरीले कठायत, पौडेल र यादवद्वयलाई नियन्त्रणमा लिएको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस