चैत २५ देखि १५ बर्ष सम्मका ७५ लाख बालबालिकालाई टाइफाइड खाेप
काठमाडौं । सरकारले पहिलाे पटक बालबालिकालाई टाइफाइड विरुद्धको खाेप लगाउने भएकाे छ । मंगलबार पत्रकार सम्मेलन गरि सरकारले आगामी चैत २५ देखि बैशाख १८ गतेसम्म आम अभियानका रुपमा चल्ने जनाएको छ ।
२७ दिन सम्म अभियान चल्ने छ । साथै त्यस पछि १५ महिनाका बालबालिकाका लागि नियमित रुपमा प्रयाेग गरिने छ । १५ वर्ष मुनिका बालबालिकामा अधिक मात्रामा टाइफाइड देखिएकाले याे खाेप लगाउने निर्णयमा राज्य पुगेकाे हाे बरिस्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठले बताइन ।
याे एक डाेज खाेप लगाउने हाे । २०१९ काे एक अनुसन्धानले नेपालमा ८२ हजार ४४९ जना टाइफाइडका बिरामी रहेकाे अनुमान गरेकाे छ । जस मध्ये ६० प्रतिशत १५ बर्ष भन्दा कम उमेरका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस