गाउँपालिका अध्यक्षको नाकमा चोट लागेपछि अस्पताल भर्ना


काठमाडौं । धदिङको खनियावास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङको नाकमा चोट लागेपछि स्थानीय स्वास्थ्य चौकीमा भर्ना भएका छन् । नेपाली कांग्रेस वडाध्यक्षको टिकट सफिारिस गर्न बसेको बैठकमा राजु पाख्रिनको समूहले उनको नाक भाँचिने गरी आक्रमण गरेको आरोप लागेको छ ।

आक्रमणपछि घाइते भएका अध्यक्ष तामाङको स्थानीय सत्यदेवी स्वास्थ्यचौकीमा उपचार गरिएको प्रहरीको भनाइ छ । कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका उनलाई अर्को समूहले आक्रमण गरेपछि स्थिति तनावग्रस्त भएको थियो । आक्रमण गर्ने पाख्रिनलगायतलाई समातेर कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ