अपराधको संख्या घट्दो तर, लागुऔषधको बढ्दो


काठमाडौं । नेपाला लागु औषध सेवनकर्ताको संख्या बढ्दै गएको छ । विश्वमानै लागु औषध सेवन चुनौतीको विषय बनिरहेका बेला नेपालमा समेत प्रयोगकर्ताको दायरा फराकिलो हुँदै गएको छ । लागुऔषध सेवन तथा नियन्त्रणमा सरकार साथै दातृ निकायहरुको समेत सहयोग नहुनुले यसको चुनौती थप बढ्दै गएको अधिकारीहरु बताउँछन् ।

रिकोभरी नेपालको सहकार्य तथा गृह मन्त्रालय अन्तर्गत रहेको लागु औषध नियन्त्रण शाखाको आयोजनामा राजधानीमा भएको लागु औषध उपचार तथा पुनस्र्थापना केन्द्र संचालक व्यवस्थापकहरुका लागि व्यवस्थापन तथा मनोसामाजिक तालिमको अवसरमा सहभागीहरुले लागु औषध नियन्त्रणका क्षेत्रमा सहयोग आवश्यक भएको बताएका छन् ।

लागु औषध सेवनकर्ता बढ्दै गएका छन् यसको नियन्त्रण र न्युनिकरणका लागि बजेटको आवश्यक पर्छ तर सरकार र दातृ निकायहरुले समेत यसमा बजेट दिएको छैन सहभागीहरुले भनेका छन् । देशभर ३४७ वटा सुधार गृह संचालनमा रहेका छन् ।

मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने वस्तु लागु पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ ।

कानूनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो । विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरिरको लागि प्रयोग गर्न आवश्यक नभएको बताइसकेको छ ।

लागु औषध नियन्त्रण ऐन २०३३ को दफा ३ मा लागु औषधलाई गाँजा, औषधोपयोगी गाँजा, अफिम, तैयारीको अफिम, औषधोपयोगि अफिम, कोकाको झार र पात, अफिम तथा कोककाको सारतत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने कुनै पदार्थ ।

गृह मन्त्रालयको पछिल्लो तथ्यांक हेर्दा नेपालमा लागु औषध प्रयोगकर्ताको संख्याले खुसी तुल्याउँदैन । कुल अपराधको संख्या समग्रमा घटेको छ तर, लागु औषध प्रयोग कर्ताबाट हुने अपराधको संख्या बढ्दो क्रममा छ ।

गृह मन्त्रालय लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार सन् २०१९ को एक अध्ययनले देशमा लागु औषध प्रयोगकर्ताको संख्या १ लाख ३० हजार ४२४ जना भएको देखाएको छ ।

कुल २४ हजार ५ सय ५९ कैदी मध्ये ४ हजार ४ सय ७७ जना नार्कोटिक्स नामक लागु औषधको प्रयोग कर्ता रहेका छन् । कुल कैदी मध्ये १८.२२ प्रतिशत लागु औषध र ८१.७८ प्रतिशत अन्य अपराधमा संलग्न रहेका छन् ।

यी हुन् लागु औषध

  • मर्फिन
  • अफिम
  • कोकिन
  • मर्फिन,हेरोईन वा डाएमार्फिन
  • इक्गोनिन
  • मोरामाइड
  • कोडिन
  • प्रोपोक्सीफेन
  • मेप्टाजिनोल
  • पेथिडिन
  • लाईसर्जिक एसिड (एल.एस.डि.)
  • मेथाक्वालोन
  • पेन्टाजोसिन
  • ब्रुप्रिनर्फिन
  • मोरामाईड
  • फेन्टानिल
  • नालोरफिन
  • नालोक्सोन
  • कोडिन मात्र ३ मि.ग्रा. प्रति ५ मि.ली. भएको बढीमा ६० मि.ली.को प्याक साईज बाहेकको कोडिन वा कोडिन समावेश झोल बनावटको खोकीको औषधि

मुद्दाकोको अवस्था यस्तो छ

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार लागु औषध सम्बन्धी मुद्दा पनि हरेकवर्ष बढ्दै गएको छ । बि.स ०७४÷०७५ मा २ हजार ९ सय ९० वटा लागु औषध सम्बन्धी मुद्धा दर्ता भएको थियो । त्यस्तै ०७५ ÷०७६ मा ३ हजार ६ सय ७५ र ०७६ ÷०७७ मा २ हजार ९ सय ३ वटा मुद्धा दर्ता भएका थिए । यता ०७७ ÷०७८ मा पुन बढेर ३ हजार ९ पुगेको थियो । हाल ०७८ फागुन सम्मको तथ्यांक हेर्दा २ हजार ५ सय १७ वटा मुद्धा लागु औषध सम्बन्धी दर्ता भएका छन् ।

लागु औषध मुद्धामा पक्राउ परेका व्यक्तिहरु विदेशी घटिरहेका छन् तर नेपाली बढिरहेका छन् । ०७८ फागुन सम्म विदेशी १२१ जना र नेपाली ३ हजार ६७४ जना पक्राउ परेका छन् । तथ्यांक अनुसार लागु औषध अपराधको रेखा पनि नराम्रो छ ।

अन्य अपराधको अनुपातमा लागु औषधबाट भएको अपराध ०७५÷०७६ मा कुल ४३ हजार ५१ मध्ये ८ दशमलब ५ प्रतिशत अर्थात ३ हजार ६ सय ७५ थिए । त्यस्तै ०७६÷०७७ मा ४१ हजार ८ सय १८ मध्ये ६ दशल ९ अर्थात २ हजार ९ सय ३ थिए । यता ०७७÷०७८ मा ४० हजार १२० मध्ये ७ दशमलब ५ प्रतिशत अर्थात ३ हजार ९ थिए ।

लागु औषध अपराध नियन्त्रणका चुनौती
गृह मन्त्रालय लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरका प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार खुल्ला सिमाना एवं सहज प्राप्ती को कारण मानिसहरुको आवतजावत तोकिएको नाकाबाट मात्र नभई जुनसुकै स्थानबाट हुने हुँदा नेपालमा औषधी जन्य लागु औषध र खैरो हेरोईनको दुव्र्यसन र ओसार पसारमा वृद्धि हुनुपर्छ ।

सुरक्षाकर्मिको पहुच भन्दा टाढा ग्रामीण क्षेत्रमा लुकाई छिपाई गांजा तथा अफिमको खेती हुनु, स्थान परिबर्तन हुनु । स्थानीय स्तरमा भरपर्दो अनुगमन प्रणाली नहनु । बजेटको सिमितता हुनु ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ