क्षयरोग केन्द्रमा बेथिति

कार्यक्रम संचालन गर्न दिएको सिलिङ, कर्मचारी भर्नामा तयार


काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९÷८० का लागि राष्ट्रिय क्षयारोग केन्द्रले ७२ करोड ९ लाखको प्राप्त सिलिङ पाएको थियो । क्षयरोगीको संख्या बढ्दै गएको अवस्थामा केन्द्रसँग प्रभावकारी कार्यक्रमको खाँचो देखिएको छ ।

राज्य र दातृ निकायबाट ठूलो रकम खर्च गरेपनि हरेकवर्ष करिब २८ हजार क्षयरोग हराईरहेका छन् । उनीहरुको खोजविन, उपचार र निवादका क्षेत्रमा खर्च गर्न दिएको रकम कर्मचारी भर्नामा केन्द्रित गरेको पाइएको छ ।
अधिकारीहरु भन्छन्, ‘बिरामीको उपचारका लागि दिएको बजेट मन्त्री सचिव र मन्त्रालयका शाखा, महाशाखाका मानिसहरुलाई खुसी बनाउन क्षयारोग केन्द्रका निर्देशक डा. सञ्जय ठाकुरले कर्मचारी भर्नामै बजेटको प्रस्ताव गरेका छन्।’३३ जनाको दरबन्दी रहेको क्षयरोग केन्द्रमा ३३ जनानै करारमा राखिने व्यवस्था गरिएको छ ।
स्रोतका अनुसार निर्देशकले स्थायी कर्मचारी हुँदाहुँदै करारमा कर्मचारी राखेका छन् । अझ स्थायी ड्राइभरलाई चाबी नदिएर करारलाई दिइएको सूचना हामीले पाएका छौं । यसबारेमा सुक्ष्म अध्ययन थालेका छौं ।
आवश्यकता बिना मन्त्री र मन्त्रीका मान्छे खुसी बनाउन थप राज्यलाई आर्थिक भार पर्ने गरी ठाकुरले राष्ट्रिय रेफरेन्स प्रयोगशालाका लागि प्रयोगशाला प्राविधिक जनशक्ति करार सेवामा भर्ना गरेका छन् । स्वास्थ्य लाइभलाई प्राप्त सूचना अनुसार उनले माइक्रोबायोलोजिष्ट १ जना ल्यावटेक्नोलोजिष्ट २ जना ल्याब टेक्निसियन ४ जना ल्याव ब्वाई २ जना कर्मचारी करार सेवामा विज्ञ र सल्लाहकारको हैसियतमा राखेका छन् । यसका लागि ठाकुरले ३५ लाख ६२ हजार रुपैयाँ माग गरेका छन् ।
उनले माग गरेको बजेटमा चालक २ जना करार ६ लाख, योजना शाखा र स्टोरका लागि कम्प्यूटर सहायक २ करार ६ लाख २४ हजार, प्ल्म्बर करार ३ लाख १२ हजार, सरसफाई कर्मचारी करार सेवामा राख्न ४ लाख ६८ हजार रुपैयाँ उल्लेख गरेर पठाएका छन् । त्यस्तै
क्षयरोग उपचार केन्द्रका लागि अनमी २ जना करार सेवा ६ लाख २९ हजार, क्षयरोगमुक्त नेपालका लागि जनस्वास्थ अधिक्रृत १ जना करार ५ लाख १८ हजार रुपैयाँ माग गरिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ