कोभिडबाट हुने मृत्यु भन्दा रेबिजले हुने मृत्यु छ गुणाबढी

चैत महिनामा कोरोनाको मृत्यु १ जना तर, रेबिज लागेर ६ जनाको मृत्यु


काठमाडौं । कोरोना महामारीबाट हुने मृत्यु भन्दा रेबिजका कारणले हुने मृत्यु ६ गुणा बढी देखिएको छ । शहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा मात्रै डेढ महिनाको बिचमा १० जनाको रेबिजका कारण मृत्यु भएको छ । ‘यो संख्या यति मात्रै हैन अस्पतालका स्वास्थ्यकर्मीहरुले भनेका छन्, ठृुलो संख्यामा टेकु अस्पताल आइपुगेका छैनन् ।’

चिकित्सकहरुले बताए अनुसार कतिपय बिरामी निजी स्वास्थ्य सस्थामा जाने, उपचारमा नआउने र दुर्गममा जनावरले टोकेर रेबिज लागेकाहरुको कुनै हिसाब किताब राज्यसँग छैन । टेकु अस्पतालका आकस्मिक कक्षका संयोजक लिलानाथ भण्डारीका अनुसार फागुन ६ यता १० जनाको रेबिजका कारण टेकु अस्पतालमा मृत्यु भएको छ । बाहिर भएकाे मृत्यु राज्यसँग छैन ।

कोरोना संक्रमणबाट चैतमा १ जनाको मृत्यु भएको सरकारी तथ्यांक रहेको छ । तर, रेबिजका कारण ६ जनाको मृत्यु भएको छ । अस्पतालको यो संख्या हेर्दा दैनिक बढ्दो क्रममा देखिएको छ । फागुन ६ गते देखि चैतको २२ गतेसम्म १० जनाको मृत्यु रेबिजबाट भएको टेकु अस्पतालका स्टाेर प्रमुख प्रकाश शर्मा बताउँछन् ।

रेबिज जनावरको टोकाईबाट मानिसमा सर्ने प्राणघातक रोग हो । यो रोग लागेपछि उपचार हुदैन तर, समयमै बिचार पुर्याउदा यो रोगबाट बच्न सकिन्छ । सरुवारोग विज्ञ चिकित्सक डा शेरबहादुर पुनका अनुसार कोरोनाको लहर घट्दै जाँदा कुकुरको टोकाइ बढ्दै गएको देखिन्छ । यसकाे उपचार भनेकाे रेबिज पुष्टि नहुदा सम्म मात्रै हाे । भएपछि चिकित्सकले समेत उपचार छाड्छन्  ।

उनि भन्छन् हाल टेकु अस्पतालको ओपिडिमा मात्रै दिनमा २ सय बढि जनावरले टोकेका बिरामी आउँछन् । जनावरको आक्रमण घटेको छैन् बरु बिस्तारी बढ्दै गएको छ । अधिकाशं कुकुरले टोकेका त्यसमा पनि घर पालुवा कुकुर रहेका छन् उनले भने ।

हरेक वर्ष विश्वमा रेबिज को कारणले करिब ६० हजार मानिसको मृत्यु हुने गरेको छ । १ करोड मानिसलाई रेबिजको उपचार आवश्यक पर्ने गरेको छ । मुख्य कुरा एशियामा मात्रै रेबिजको कारण ३५ हजार भन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको छ । कतिपय देशहरुले भने कुकुरलाई अनिवार्य खोप र मानिसका लागि रेबिज खोपको राम्रो व्यवस्थापन गरेका छन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा हरेक वर्ष १ सय जना नयाँ बिरामी देखा पर्छन । कतिपय बिरामी अस्पताल भर्ना नभएकाले जानकारी बाहिरै हुन्छन् । छाडा कुकुर, पछिल्लो समय जनावर र मानिस बिचको दुरी कम हुदा नेपालको आधा जनसंख्या रेबिज को उच्च जोखिममा र एक चौथाई मध्यम जोखिममा परेका छन् ।

रेबिजको अवस्था
वर्ष                टोकेका             मृत्यु भएका
०७०/०७१ :           ३४५१६          १०
०७१/०७२:             २०६१०         १३
०७२/०७३ :            २२६२७          ६
०७३/०७४ :             ३९७४४         ८
०७४/०७५:               ३५६८१         ३२
०७५/०७६:                ३५२५०         १८
०७६/०७७ :               ५६६१९           ०

टेकु अस्पतालमा मात्रै डेढ महिनामा १० जना मानिसको रेबिजका कारण मृत्यु भएको छ । चिकित्सकहरु भन्छन् गाउँ घरमा धामिझाक्रि लगाएर बस्दा हुने मृत्यु झन भयानक छ । देशभरका स्वास्थ्य सस्थाबाट स्वास्थ्यको हरेक दिनको रिपोर्ट केन्द्रिय सुचना प्रणालीमा आउनुपर्छ । तर, टेकु अस्पतालमा यतिका नागरिकको मृत्यु हुदा एक वर्षमा शुन्य मृत्यु भएको भ्रामक तथ्यांक सरकारले सार्वजनिक गरेको छ ।

०७६/०७७ मा ५६ हजार ६ सय १९ जनलाई कुकुरले टोकेको थियो । तर, त्यसको मृत्यु शुन्य रहेका छ । ०७६ मा ३५ हजार ६८१ जनालाई टोक्दा उक्त समयमा १८ जनाको मृत्यु भएको थियो । त्यस्तै ०७५ मा ३५ हजार ६८१ जनालाई टोक्दा ३२ जनाको मृत्यु भएको थियो । तर, ०७६/०७७ मा शुन्य मृत्यु देखाउनुले आशंका थपेको छ ।

चैत देखि हाल सम्मको मृत्यु अवस्था                                      ०७८ चैत ३
०७८ चैत ९
०७८ चैत १४
०७८ चैत १८
०७८ चैत २२
०७८ चैत २४
०७८ फागुन १३
०७८ फागुन ६
०७८ फागुन ४
०७८ फागुन १९

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ