डब्लुएचओ महानिर्देशक गेहब्रेयससकाे सद्भाव भ्रमण


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससकाे नेपालमा सद्भाव भ्रमण तय भएकाे छ ।

भारत आउन लागेका   महानिर्देशक गेहब्रेयसस  स्वास्थ्य मन्त्री बिराेध खतिवडा र स्वास्थ्य सचिव डा राेशन पाेखरेलकाे पहलमा सद्भाव भ्रमणमा आउन लागेका हुन् । स्वास्थ्यकाे अनुराेधमा उनकाे भ्रमणलाइ परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेकाे छ ।

उनी आगामी साता नेपाल आउने छन् । ‘डा.  गेहब्रेयसस ३ दिने भ्रमणका लागि यही ८ बैशाख (२१ अप्रिल) मा नेपाल आउने र १० बैशाख (२३ अप्रिल)मा फर्कने कार्यक्रम छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ