गण्डकी मेडिकल कलेजविरुद्ध आन्दोलन गर्ने विद्यार्थीहरुको चेतावनी
काठमाडौं । पोखरास्थित गण्डकी मेडिकलविरूद्ध आन्दोलन गर्ने विद्यार्थीहरूले चेतावनी दिएका छन् । कलेज प्रशासनले सकारात्मक सम्झौतालाई कार्यान्वय नगरेको भन्दै कडा आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी छ ।
कलेजका विद्यार्थीहरूले ५ बुँदे माग राख्दै उक्त माग यथाशीघ्र रुपमा सुनुवाई वा कार्यान्वयन नभएको खण्डमा आफूहरू भौतिक, आर्थिक तथा कानूनी बाटो बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिएका हुन् । त्यसबाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवार स्वयं कलेजनै हुने स्पष्ट पारिएको छ ।
हेनुहोस् प्रेस विज्ञप्ति
आफूहरूको आन्दोलनपछि शिक्षा मन्त्रालयमा निजी मेडिकल कलेज का संचालकहरुले गरेको सहमति अनुसार २०७२/७३ र २०७३/७४ मा भर्ना भएका विद्यार्थीहरुको हकमा चिकित्सा शिक्षा आयोगले निजी मिडिकल कलेजले विद्यार्थीहरुबाट लियिएको अतिरिक्त शुल्क फिर्ता गर्ने निर्णय गरिसकेकोले त्यस निर्णयको चाँडो भन्दा चाँडो पालना होस् भन्ने माग रहेको अनित सिन्हाले जानकारी दिए । साथ साथै इन्टर्न्सहरुको हकमा आइओएमले तोकेको तलब/भत्ता स्टान्डर्ट मानी निजी मेडिकल कलेजमा लागू गर्नुपर्ने उनको भनाइ छ ।
विद्यार्थीहरुलाई अनेकौं बहानामा मानसिक तनाब दिने प्रवृत्तिको अन्त्य गरि गुणस्तर शिक्षा प्रदान गर्नतिर अग्रसर होस् भन्ने आफूहरूको माग रहेको सिन्हाले बताए ।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस