अलपत्र नेपाली विद्यार्थी चाँडै लाने चीनको तयारी


काठमाडौं । कोभिड-१९ को विश्वव्यापी महामारीका कारण नेपाल फर्किएर अलपत्र बनेका नेपाली विद्यार्थी चाँडै फर्काउने चीनको तयारी छ ।

चिनियाँ राजदूत होउ यान्छीले कोभिडको समयमा नेपाल आएर अलपत्र परेका मेडिकललगायतका विद्यार्थी फर्काउने प्रयास भइरहेको जनाएकी छिन् । चीनले चरण-चरण गरेर विद्यार्थी फर्काउने तयारी गरिरहेको राजदूत यान्छीको भनाइ छ ।

पहिलो चरणमा फर्काउने विद्यार्थीको विषयमा चाँडै निर्णय हुने उनले बताइन् । अहिले चीनमा चिकित्सा शिक्षामा अध्ययनरत विभिन्न ब्याचमा विद्यार्थीहरुलाई व्यवस्थापन गर्न सरकारलाई समस्या परिहेका बेला चीनले फिर्ता लाने आश्वासन दिएको हो ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ