डब्ल्यूएचओका महानिर्देशक टेड्रोस भोट माग्न नेपालमा
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस भोट माग्न नेपालमा आएको पाइएको छ । तीनदिने नेपाल भ्रमणका आएका महानिर्देशक टेड्रोसले दोस्रो कार्यकालका लागि नेपालसँग भोट मागेका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँगको भेटवार्तामा महानिर्देशक टेड्रोसले दोस्रो कार्यकालका लागि समर्थन मागेका हुन् ।
नेपालले दोस्रो कार्यकालका लागि उनले गरेको मनोनयनलाई समर्थन गरेको छ । २०२३ मा डब्ल्यूएचओमा नयाँ नेतृत्व चयन हुँदैछ । उनी नेपाल आउनुको मुख्य उद्देश्य त्यसैका लागि समर्थन जुटाउनु हो ।
विश्व स्वास्थ्य संगठनमा महानिर्देशक टेड्रोसले दिएको सशक्त, व्यवहारिक र दूरदर्शी नेतृत्वको प्रशंसा गर्दै नेपालले दोस्रो कार्यकाका लागि उनको मनोनयनलाई समर्थन गर्ने लिखित प्रतिवद्धता जनाएको छ ।
महानिर्देशक टेड्रोस स्वास्थ्यमन्त्री खतिवडालाई भेटेर परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्न गएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस