डब्ल्यूएचओका महानिर्देशक टेड्रोसलाई नेपालमा भ्याइ-नभ्याई
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस्लाई नेपालमा भ्याइ-नभ्याई भएको छ ।
तीनदिने नेपाल भ्रमणमा आएका महानिर्देशक टेड्रोसलाई आज दोस्रो दिन भ्याइ-नभ्याई भएको हो । बिहीबार(हिजो) दिउँसो १२: २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका महानिर्देशक टेड्रोसलाई धपेडी परेको छ ।
हिजै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई भेटेका महानिर्देशक टेड्रोस आज बिहानैदेखि निकै व्यस्त रहे ।
आज बिहान साढे ९ बजे प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर भेटेपछि महानिर्देशक टेड्रोस राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति निवास शितल निवास पुगे । साढे १० राष्ट्रपति भण्डारी र महानिर्देशक टेड्रोसबीचको भेटघाट भयो ।
राष्ट्रपति भण्डारीलाई भेटेपछि उनी पाटन माध्यमिक विद्यालयमा राखिएको टाइफाइडविरुद्धको खोप अभियान अवलोकन गर्न पाटन पुगे ।
त्यसपछि २ बजे टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेर ३ बजे पाटन दरवार स्क्वायर घुम्न गए ।
महानिर्देशक टेड्रोस त्यसपछि स्वास्थ्य मन्त्रालयले म्यारियट होटलमा राखेर अनौपचारिक रात्रिभोजमा सहभागी हुन पुगे । आज दिनभर डब्ल्यूएचओका महानिर्देशक टेड्रोसलाई भ्याइ- नभ्याई भएको छ । भोलि बिहानै उनी जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस