जोन्सन एण्ड जोन्सनको बुस्टर डोज खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौं । कोभिड-१९ विरुद्धको जोन्सन एण्ड जोन्सनको बुस्टर डोज खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

जोन्सन एण्ड जोन्सनको खोपको एक मात्रा लिई ३ महिना पूरा गरेका व्यक्तिहरूका लागि कोभिड-१९ विरुद्धको बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले आह्वान गरेको छ । साथै १८ वर्षमाथिका २ मात्रा कोभिड-१९ विरुद्धको खोप लिएका व्यक्तिहरूलाई पनि बुस्टर मात्रा खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह गरेको हो ।

कोभिड-१९ विरुद्धको बुस्टर मात्रा खोप धमाधम लगाउने काम भइरहेकाले नजिकैको वडा कार्यालयमा सम्पर्क गरी बुस्टर मात्रा खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ