मंगलबार रातिदेखि रक्सी बेच्न र खान प्रतिबन्ध


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार रातिदेखि मतदान कार्य सम्प नभएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ ।

आज काठमाडौं जिल्ला प्रशासनले एक सूचना जारी गर्दै चुनाव नसकिएसम्म रक्सी बेच्न र पिउन प्रतिबन्ध लगाएको हो ।

स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ ( मादक पदार्थ निषेध गर्ने ) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि मिति २०७९ /०१/२७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नु/ नगराउनु हुन जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचनामार्फत अनुरोध गरेको छ । सूचनाविपरीत कार्य गरे गराएमा कानुन बमोजिम कारबाही हुने समेत जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।

 

 

मतदानको दिन आवश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधनबाहेकका सवारी साधनहरु बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म सञ्चालनमा समेत रोक लगाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ