केएमसी अस्पतालले लापरबाही गर्दा बिरामीको मृत्यु भएको आरोप
काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल शिक्षण अस्पताल( केएमसी)ले लापरबाही गर्दा बिरामीको मृत्यु भएको आरोप लागेको छ । सिराहका सोनी साहको मृत्यु भएको घटना अस्पतालको लापरबाही रहेको आफन्तको दाबी छ ।
संखमुल बस्ने साहलाई छातीमा समस्या भएपछि उनका काका सुरेन्द साह बाईकमा हालेर केएमसी ल्याएका थिए । आफू एक्सरेको बिल तिरेर आउँदा मृत्यु भएको घोषणा गरिएको मृतकका आफन्त सुरेन्द्रको भनाइ छ । अक्सिजन लगाउँदा गाह्रो भयो भन्दै सिपिआर विधिबाट उपचार गरेपछि मृत्यु भएको उनको भनाइ छ ।
मृतकका बुवा देव नारायण साहल अस्पतालको लापरबाहीकै कारण सोनीको मृत्यु भएको दाबी गरे । डाक्टसँग कुरा गर्दै अक्सिजन लागाउदा गाह्रो भयो भन्दा भन्दा पनि नहटाएर नाकबाट पानी आएको उनको भनाइ छ । केएमसीका इमर्जेन्सी इन्जार्ज डा. अनु कुशवाहसँग यो विषयमा बुझ्न खोज्दा पुलिस प्रशासनले हामी बुझेर खबर गर्छौ भन्ने जवाफ आएको छ ।
मेडिकल विद्यार्थीलाई चर्को मुल्य लिन जवर्जस्ती गरेका कारण सन्चालक सुनिल शर्माकोविरुद्ध पक्राउ पुर्जी जारी भएको मिति देखि फरार छन् ।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस