समाजसेवी इशा गुरुङद्धारा तीन वटा व्हीलचीयर सहयोग


काठमाडौं । समाजसेवी इशा गुरुङले अपाङ्गता भएर कष्टकर रुपमा दैनिकी चलाइरहेका तीन जनालाई व्हीलचीयर सहयोग गरेकी छन् ।

गत ३० गते स्थानिय तहको निर्वाचनमा कष्टपुर्ण रुपमा जनप्रतिनिधि चुन्न मतदान स्थलमा गएको भिडियो सामाजिक संजालमा आएपछि उनले तीन जनालाई व्हीलचीयर सहयोग गर्ने घोषणा गरेकी थिइन् । उनले घोषणा गरेको एक हप्ता नपुग्दै अशक्त व्यक्तिहरुको साथमा व्हीलचीयर पुगेको छ ।

निर्वाचनका दिन भोट हाल्न जादा भुइमा घिस्रिर्दै गएको देखेपछि मैले तीन वटा व्हीलचीयर पठाइदिएको थिए, बल्ल आज उहाहरू समक्ष पुगेको छ, जसले मलाई धेरै खुसी दिएको छ, उनले भनेकी छन् ।

उक्त व्हीलचीयर नेपालगञ्ज वडा नम्बर २० सम्म पु¥याउन मद्दत गर्ने उमेश बोहरा, पुर्व सचिव भिम उपाध्याय साथै सिता बोहरा लाइ गुरुङले धन्यबाद दिएकी छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ