गेटा मेडिकल कलेज सञ्चालनका लागि बजेट व्यवस्थापन गर्ने प्रधानमन्त्री देउवाको आश्वासन


काठमाडौं । सुदूरपश्चिमको गेटा मेडिकल कलेज सञ्चालनका लागि बजेट व्यवस्थापन गर्ने प्रधानमन्त्री शेरबाहदुर देउवाले आश्वासन दिएका छन् । धनगढी उपमहानगरपालिकाका निर्वतमान प्रमुख नृप वड र कैलालीको गोदावरी नगरपालिका मेयर वीरेन्द्र भट्टसँगको भेटमा प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् ।

सरकारले हालै सार्वजनिक गरेको २०७९/०८० को नीति तथा कार्यक्रममा  डडेल्धुरामा मेडिकल कलेज खोल्न निर्णय गरेको र गेटा मेडिकल कलेजको विषयमा नबोलेको भन्दै आन्दोलन भइरहेको छ । प्रधानमन्त्री देउवाले भने आगामी संघीय सरकारको बजेटमार्फत गेटा मेडिकल कलेज सञ्चालनका गरिने स्पष्ट पारेका छन् ।

सुदूरपश्चिम प्रदेशको भविष्यसँग जोडिएको गेटा मेडिकल कलेजलाई बजेटमा नछुटाउने प्रधानमन्त्री देउवाको भनाई छ । उनले एक वर्षभित्र गेटा मेडिकल कलेज सञ्चालनमा आउने विश्वास समेत व्यक्त गरेका छन् ।

धनगढीका निवर्तमान मेयर वड र गोदावारीका मेयर भट्टसँग प्रधानमन्त्री देउवाले आफू गेटा मेडिकल कलेजको विषयमा पूर्ण रुपमा जानकार रहेको बताउँदै उक्त कलेज सञ्चालनमा लागिपर्ने बताएका छन् । ‘जति सक्दो चाँडो गेटा मेडिकल कलेज सञ्चालमा आउँछ ।’, प्रधानमन्त्री देउवाले भने ।

प्रधानमन्त्री देउवासँगको भेटमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका वडले भेटेर गेटा मेडिकल कलेजका अवस्थाका र अहिले भइरहेको आन्दोलनकाबारेमा  जानकारी समेत गराएको छन् । प्रधानमन्त्री देउवा गेटा मेडिकल कलेज सञ्चालका सम्बन्धमा गम्भीर रहेको उनको भनाइ छ ।

वडका अहिले गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ ।  पर्खाल, बिजुली र पानीको काम भैरहेको र भौतिक पूर्वाधार निर्माणको काम तत्काल सकेर गेटा मेडिकल कलेज छिटो सञ्चालमा ल्याउनु पर्ने उनीहरूले प्रधानमन्त्री देउवा समक्ष अनुरोध गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ