अल्फा केयरमा डा बैद्यले क्यान्सर सम्बन्धी जनचेतना फैलाउने


काठमाडौं । बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर अचला बैद्यले एक दिन क्यान्सर रोग सम्बन्धी जनचेतना मुलक कार्यक्रमको आयोजना गर्ने भएकी छन् । नयाँ बानेश्वर स्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टरमा डा बैद्यले महिलामा हुने पाठेघरको मुख क्यान्सर सम्बन्धी शनिबार एक दिन जनचेतनामुलक कार्यक्रम संचालन गर्ने भएकी हुन् ।

महिलामा बढ्दो पाठेघर मुख क्यान्सरलाई रोक्न जनचेतान पहिलो प्रार्थमिकता भएको भन्दै बैद्यले एक दिने कार्यक्रमको आयोजना गरेकी हुन् । जनचेतना मुलक कार्यक्रमका डाक्टर बैद्यको नेतृत्वमा डाक्टर ओनिका कार्कीले पाठेघरको क्यान्सर सम्बन्धी जनचेतना अभिबृद्धि गर्नुका साथै निशुल्क परामर्श समेत दिनेछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताए अनुसार क्यान्सरबाट हुने मृत्यु मध्ये दोस्रो ठूलो कारण पाठेघरको मुखको क्यान्सर रहेको छ । समयमा स्वास्थ्य परिक्षण गराएको खण्डमा रोकथाम गर्न सकिन्छ । त्यसैले रोकथाम उपचार भन्दा राम्रो छ भन्दै यो जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमका लागि ईमेल, फेसबुक पेज र फोन मार्फत अग्रिम बुकिङ गर्न सकिन्छ । कार्यक्रममा सहभागीहरूलाई एक महिना सम्म प्रजनन् स्वास्थ्य र क्यान्सर सम्बन्धी जाँचहरुमा बिषेश सहुलियतको व्यवस्था गरिएको अल्फा केयरले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ