विश्व वातावरण दिवस: कर्णालीका मुख्यमन्त्री शाहीले वृक्षारोपण गरेर मनाए
काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले वृक्षारोपण गरेर मनाएका छन् ।
विश्व वातावरण दिवस, २०७९ को अवसरमा वृक्षारोपण गर्नु गर्दै मुख्यमन्त्री शाहीले स्वस्थ वातावरण र दिगो प्रकृतिका लागि रूखले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
‘पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने मूल नाराका साथ यो वर्ष कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरको नेपाल टेलिकमदेखि आइएनएफसम्म वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएको हो । वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री वातावरण संरक्षण अहिलेको मुख्य चुनौति भएको बताए ।
रुखले मात्रै प्रकृतिलाई जोगाउने भएकाले वृक्षारोपण र वन संरक्षणमा ध्यान दिनु आवश्यक रहेको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस