स्वास्थ्यमन्त्री खतिवडालाई पार्टीले फिर्ता बोलायो
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई पार्टीले सरकारबाट फिर्ता बोलाएको छ । नेकपा एकीकृत समाजवादी पार्टीबाट नेतृत्व गर्दै सरकारमा सहभागी भएका स्वास्थ्यमन्त्री खतिवडा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङसहित सबैलाई फिर्ता बोलाएको छ ।
एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी छन् । एकीकृत समाजवादी वरिष्ठ नेता झलनाथ खनालले सरकारमा नयाँ मान्छे पठाउन तयारी भइरहेको बताए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस