वातावरण दिवसको अवसरमा पर्यटनमन्त्री श्रेष्ठद्वारा वृक्षारोपण


हेटौंडा ।  विश्व वातावरण दिवसको अवसरमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री श्रेष्ठले वृक्षारोपण गरेका छन् ।

मकवानपुरको मनहरी गाउँपालिकास्थित रजैयामा पुगेर उनले वृक्षरोपण गरेका हुन् ।  बस्तीपुर जेसिसद्वारा आयोजित कार्यक्रममा पुगेर पर्यटनमन्त्री श्रेष्ठले वृक्षारोपण गर्दै मानिसको स्वास्थ्य र जीवनका लागि विरुवा रोप्नु पर्ने बताए ।

वृक्षारोपणले वातावरण, स्वास्थ्य र पर्यटन प्रवर्द्धनमा एक साथ काम गर्ने बताउँदै उनले एक व्यक्तिले कम्तिमा पनि एउटा रुख रोप्नु पर्ने धारणा राखे । रजैयमा आयोजित वृक्षारोपण कार्यक्रम जेसिसमा आवद्ध व्यक्तिहरू र मनहरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरु सहभागी भएका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ