स्वास्थ्य मन्त्रालयका डा. समीर अधिकारीकाे नाममा ठगी


काठमाडौं । स्वास्थ्य मन्त्रालयमा साेमबार बिहानैदेखि निरन्तर फाेनकाे घण्टी बजिरहेको छ । आपत्कालीन सेवामा कार्यारत कर्मचारी फाेन उठाउन ब्यस्त छन् । जतिले फाेन गरेका छन् उनिहरुकाे एउटै प्रश्न छ, अमेरिका जानका लागि अन्तर्वार्ता कुन समयमा हुन्छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीकाे हवला दिँदै कयौं तन्नेरीहरुले लेनलाइन फाेनमा सम्पर्क गरेर समय र आवश्यक जानकारी मागेका हुन् ।

केही व्यक्तिहरु डा. समीर अधिकारी खाेज्दै मन्त्रालयमा आएका छन् । अमेरिका जाने वास्तविक घटना अर्कै छ । मन्त्रालयमा आएका एक जना व्यक्ति किरण महर्जनले भने, ‘डा. समीर अधिकारीले अमेरिका लेजाने भनेर बाेलाउनु भएकाे छ, उहाँले आज अन्तर्वार्ता भएकाले आउन भनेपछि आएकाे हूँ ।’,

‘हामी १२ जना चिकित्सक सेमिनारका लागि अमेरिका जाँदैछौं डा. समिरकाे भनाइ उदृत गर्दै महर्जनले ,’  जाँदा १२ जना सहयोगी चाहिएकाले लैजाने बताउनु भएकाे छ । त्यसका लागि प्रकृया पूरा गर्न मन्त्रालयमा अन्तर्वार्ता राखिएकाे छ, तपाईंहरु आउनु हाेला ।’, तर, उनले अहिले डा. अधिकारीकाे फाेन अफ छ ।

डा. अधिकारीले १२ जनाबाट जनही १ लाख २० हजारका दरले पैसा लिएका छन् । पीडितकाे गुनासाे सुन्नसाथ हामीले डा. समीर अधिकारीलाई सम्पर्क गरेर साेध्याै तर, उनले नभइ उनकाे नाम बेचेर कसैले ठगिगरेकाे पुष्टि भएकाे छ । पिडित महर्जनका अनुसार समीर अधिकारी स्वास्थ्य मन्त्रालयमा काम गर्छु भन्दै 9765417485 नम्बरबाट फाेन गरेर बाेलाएकाे थियाे । याे नम्बर हाल  अफ रहेकाे छ । स्वास्थ्य मन्त्रालयका डा. अधिकारी भने हाल राजधानीबाहिर कार्यक्रममा छन् ।

डा. समीर अधिकारीले आफ्नाे नाम लिएर ठगि गर्ने व्यक्तिलाई कारबाही गर्न अपराध अनुसन्धान महाशाखामा अनुराेध गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ