काठमाडौंको फोहोर भोलिदेखि उठाउन १० वेडको अस्पतालदेखि स्वास्थ्य बीमासम्मका माग सम्बोधन
काठमाडौं । काठमाडौं उपत्यकाका फोहोर भोलिदेखि उठाउन १० वेडको अस्पतालदेखि स्वास्थ्य बीमासम्म गर्नेसम्मका माग सम्बोधन गर्ने सम्झौता भएको छ ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि नेपाल सरकार, सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित स्थानीय तहको संयुक्त प्रतिवद्धतामा १० वेडको अस्पताल बनाउनेदेखि स्वास्थ्य बीमा गर्नेसम्मका कुरा उल्लेख छन् । संयुक्त प्रतिवद्धतामा वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनको आधारमा प्रभावित क्षेत्रका स्थायी वासिन्दाका लागि १० वेडको अस्पताल सञ्चालन गर्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने उल्लेख छ ।
धुनिवेसी नगरपालिकाको वडा नम्बर १,२,३,४ र ककनीको वडा नम्बर १,२ र ३ का प्रभावित क्षेत्रमा स्थायी वसोवास गरिरहेका वासिन्दालाई नेपाल स्वास्थ्य बीमा बोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा गर्ने र यो कामको प्रारम्भ १ हप्ताभित्र गर्ने संयुक्त प्रतिवद्धता रहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस