दाङमा अवैध सम्बन्धबाट जन्मिएको बच्चाको हत्या


काठमाडौं । दाङमा अवैध सम्बन्धबाट जन्मिएको बच्चाको हत्या भएको खुल्न आएको छ ।

१५ वर्षको उमेरमा बच्चा जन्मिएपछि प्रेमी-प्रेमिकाको मिलेेेमतोमा बच्चाको हत्या भएको पाइएको हो । राप्ति गाउँपालिका–३ मसुरीयामा अविवाहित १५ वर्षीया ती नावालिगाले अवैध सम्बन्धबाट जन्मिएको शिशु प्रेमीकै सल्लाहमा हत्या गरेको प्रहरीले जनाएको छ।

शिशुको हत्या गरेर हराएको भन्दै खोजिदिन प्रहरीमा गएपछि उनैले हत्या गरेको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार शंका लागेर नाबालिगलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा बच्चा रोएपछि डराएको र प्रेमीकै सल्लाहमा हत्या गरेको स्वीकार गरेकी हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ