लैंगिक अल्पसंख्यकको अधिकारका लागि ‘नेपाल प्राइड परेड’
काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकले शनिबार काठमाडौंमा ‘नेपाल प्राइड परेड’ निकालेका छन् । क्वायर युथ ग्रुप र क्वायर राइट कलेक्टिभको आयोजनामा सो गौरवयात्रा निकालिएको हो । अंग्रेजी जुन महिना सीमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषताका लागि विशेष छ ।
गौरवयात्रामा नेपाल सिमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान, तथा यौन विशेषताका व्यक्तिहरू सहभागी छन् । शनिबार राजधानीको माइतीघर मण्डलाबाट सुरू भएको गौरव ¥याली बानेश्वरमा पुगी समापन भएको थियो । विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनी ती समुदायले गौरवयात्रा मनाउँछन् ।
विशेषगरि सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाउन थालिएको हो । उक्त वर्ष जुन २८ मा यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि प्रहरी छापाका नाममा आक्रमण भएपछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो ।
नेपालमा गौरवयात्रा २०७६ सालदेखि औपचारिकरुपमा मनाउन थालिएको हो । विचका तीन वर्ष कोरोनाले अवरुद्ध भएको थियो । तर, पनि अधिकारीहरुले भर्चुअल कार्यक्रम मार्फत गौरवयात्रा मनाएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : ##यौनिक तथा लैंगिक अल्पसंख्यक
तपाईको प्रतिक्रिया दिनुहोस