अन्य स्थानीय तहले जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दा बेलबारीमा भने ८० लाखको गाडी किन्न गलफती 


काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरू स्वास्थ्य र शिक्षाका एजेण्डालाई प्राथमिकतामा राखेर निर्णय गरिरहेका छन् । पूर्वका इटहरी उपमहानगरपालिकालगायतका स्थानीय तहले निश्चित वर्गलाई स्वास्थ्य बीमा निःशुल्क गरिदिने पहिलो निर्णय गरेको छ । तर पूर्वकै बेलबारी नगरपालिकामा भने नव निर्वाचित जनप्रतिनिधिले ८० लाख बढी मूल्यको गाडी डिमाण्ड गर्दा कार्यपालिका बैठकमा गलफती चलेको छ ।

अन्य स्थानीय तहले जनस्वास्थ्यलाई प्राथमिकतामा दिइरहेको अवस्थामा बेलबारीमा भने ८० लाखको स्कर्पियो गाडी किन्नु पर्ने अडान राख्दा गलफती सुरु भएको हो । बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइरालाले कार्यपालिकाको पहिलो बैठकमा ८० लाखको गाडी डिमाण्ड गर्दा लफडा भएको हो । बेलबारी नगरपालिका मेयर दिल प्रसाद राईले उपमेयर कोइरालाले ८० लाख बढी मूल्य पर्ने गाडी डिमाण्ड गरेको पुष्टि गरे ।

‘उपमेयरज्यूले आफूलाई गाडी खरिद गरिदिनु पर्ने प्रस्ताव राख्नु भएको छ । निर्णय भइसकेको छैन । अब के गर्ने भन्ने विषयमा निर्णय हुन्छ ।’, मेयर राईले स्वास्थ्य लाइभसँग भने ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी कोइराला जनताको सेवामा भन्दा पनि आफ्नो सुविधामा समर्पित देखिन्छन् । यो विषयलाई लिएर कांग्रेसभित्र पनि बहस सुरु भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ