काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सिसडोलमा आज स्वास्थ्य शिविर


काठमाडौं ।  काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सिसडोलमा आज वृहत्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदैछ ।

डा. निकोलस भुसालको सक्रियतामा नेपालका प्रतिष्ठित चिकित्सकसहित सिसडोलमा स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो । झन्डै दुई दशकदेखि काठमाडौको फोहोरबाट प्रताडित सिसडोलवासीको स्वास्थ्य अवस्था थाहा पाउने र त्यसको उचित उपचार गर्ने उद्देश्यले सिसडोलमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । उपत्यकाको फोहोरले उब्जाएको स्वास्थ्य सम्स्या परिक्षण गर्न र निशुल्क क्यान्सरदेखि मुटुका रोगीहरु उपचार व्यवस्थापन गर्ने आफूहरुको लक्ष्य रहेको डा. भुसालको भनाइ छ ।

युथ फर नेशनका अध्यक्ष एवं मनोरोग चिकित्सक डा.  भुसालको नेतृत्वमा उक्त वृहत्त स्वास्थ्य शिविर सिसडोलमा हुन लागेको हो । नुवाकोटको ककनी गाउँपालिका-१, २ र ३ लाई लक्षित गरेर मंगलबार विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर गर्न लागिएको हो ।

सिसडोलमा झाडापखला, ज्वरो, दम, सुगर, प्रेसर, मनोरोगीहरुको स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण गरिने कार्यक्रम राखिएको छ । स्वास्थ्य शिविरमा मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई, कलेजो विशेषज्ञ डा. महेश शर्मा, डा. सुदर्शन न्यौपाने, डा. कालम खान, डा. आस्था ढकाललगायतको टोलीले स्वास्थ्य परीक्षण गर्ने युथ फर नेशनले जनाएको छ ।

युथ फर नेशनले सञ्चालन गर्ने सिसडोलको स्वास्थ्य शिविरमा आउने विपन्न विरामीका लागि आवश्यक केही औषधिहरू डा. देवेन्द्र गौतमले सहयोग गरेका छन् ।  सामाजिक अभियान्ता भीम उपाध्यायका अनुसार डा. देवेन्द्र गौतमद्वारा प्राप्त सिसडोलका विपन्न बिरामीहरूलाई आवश्यक पर्ने केही औषधीहरू डा. निकोलसलाई हस्तान्तरण गरिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ