मेडिकल म्युजियमसहितका कार्यक्रम राखेर बागमती प्रदेशको बजेट आउँदै


काठमाडौं । मेडिकल म्युजियमसहितका कार्यक्रम राखेर बागमती प्रदेशको सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउने तयारी भएको छ ।

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकारीहरुका अनुसार बजेटमा दिपेन्द्र श्रेष्ठले नेतृत्व गरेको संस्कृति तथा पर्यटन मन्त्रालयले मेडिकल म्युजियम (चिकित्सा संग्रहालय) सहितका कार्यक्रम समावेश गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले दिउँसो ४ बजे बागमती प्रदेशको आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्ने कार्यक्रम रहेको छ ।

राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको हो ।  निमा लामाको नेतृत्वमा रहेको स्वास्थ्य मन्त्रालयले बजेटमा स्वास्थ्यमा केही नयाँ कार्यक्रम समेटेको छ । स्वास्थ्यमन्त्री निमा लामाले बजेटमा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताउँदै आएका छन् ।

पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले बजेटमा मेडिकल दुरिजमलाई फोकस गरेका छन् । पर्यटनलाई स्वास्थ्य, खेलकुद र चलचित्रसँग जोड्ने उनको एजेण्डा रहेको छ । स्वास्थ्य क्षेत्रसँगै जोडिएका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले समेत स्वास्थ्यलाई बजेटमा प्राथमिकता दिनुपर्ने कुरामा जोड दिँदै आएका छन् ।

बागमती प्रदेशसहित प्रदेश नम्बर एक, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको बजेट पनि आजै सार्वजनिक हुनेछ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ