काठमाडौं महानगरपालिकाले जेष्ठ नागरिकको घरमै गएर स्वास्थ्य परीक्षण गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र वसोवास गर्ने ७० वर्ष माथिका जेष्ठ नागरिकको घरमै गएर निःशुल्क स्वास्थ्य परीक्षण गरिदिने भएको छ ।
काठमाडौं महानगरपालिकाको नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख बालेन्द्र साहले उक्त कुरा बताएका हुन् ।
काठमाडौं महानगरपालिकामा कर तिर्नेलाई स्वास्थ्य बीमामा ५० प्रतिशत अनुदान दिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस