यी हुन् डा. लोचन कार्कीको नेतृत्वमा भारतको चण्डीगढ जाने ४६ जना डाक्टर
काठमाडौं । चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको नेतृत्वमा ४६ नेपाली चिकित्सक भारतको चण्डीगढ पुगेका छन् ।
भारतको चण्डीगढस्थित स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थान (पीजीआई)मा क्षमता अभिवृद्ध तालिममा सहभागी हुन् चिकित्सक संघका पदाधिकारीहरूसहित ४६ चिकित्सक पुगेका हुन् । आजदेखि एकहप्ता चल्ने उक्त तालिममा ४६ चिकित्सक सहभागी हुने छन् ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार एकहप्ते नेतृत्व विकास (लिडरसीप डेभलपमेन्ट) र क्षमता अभिवृद्ध कार्यक्रम( क्यापासिटी विल्डिङ प्रोग्राम)मा पहिलोपटक ४६ चिकित्सक पीजीआई चण्डीगढ गएका हुन् ।
नेपाल चिकित्सक संघ(एनएमए) र नेपालस्थित भारतीय दूतावासमार्फत पीजीआई चण्डीगढसँग भएको सम्झौता बमोजिम ४६ जना डाक्टर भारत लगिएको अध्यक्ष डा. कार्कीले बताए । अर्को लटमा ५० चिकित्सक पठाउने तयारी भइरहेको छ । भारतले एकहप्ते, दुईहप्ते, एक महिने, तीनमहिने विभिन्न खाले तालिम दिन नेपालबाट १५ सय चिकित्सक लानेछ । २५ वर्षदेखि ४५ वर्षसम्मका युवा डाक्टरहरुलाई उक्त तालिममा सहभागी गराइने छ ।
यी हुन् पहिलो लटमा भारत जाने ४६ डाक्टर
👉 अनिषा जोशी
👉 अमिर श्रेष्ठ
👉 अनिल विक्रम कार्की
👉 अनुपमा सुवाल
👉 अतीत पौडेल
👉 बद्री रिजाल
👉 विना श्रेष्ठ
👉 दिलिप कुमार दिवाकर
👉 सूर्य प्रसाद रिमाल
👉 विपेश आचार्य
👉 विपिन कुमार श्रेष्ठ
👉विश्वराज दवाडी
👉 दिपेन्द्र पाण्डे
👉गम्भीर श्रेष्ठ
👉हेमन्त विक्रम दाहाल
👉कृतिपाल सुवेदी
👉लिजन महर्जन
👉मिलन चन्द्र खनाल
👉पार्थ गुरागाईं
👉पवन कुमार हमाल
👉पुनम शर्मा
👉प्रकाश बुढाथोकी
👉राजेशकुमार यादव
👉राज्य खड्का
👉संयुक्त आचार्य
👉सञ्जीव तिवारी
👉शान्ता चौहान
👉शरद बराल
👉शिवराम श्रीमल
👉श्रवण कुमार मण्डल
👉स्मृति मास्के
👉सुजित भुसाल
👉जगत दिप
👉जुली राय
👉लोचन कार्की
👉राजकुमार दंगाल
👉राकेश शाह
👉रेखा पौडेल
👉रुपेश कुमार यादव
👉शैलेश शाह
👉इन्दु केसी
👉कुमार रोका
👉प्रमोद जोशी
👉युभिन यादव
क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा
ट्याग : #अध्यक्ष डा. लोचन कार्की, #नेपाल चिकित्सक संघ(एनएमए)
तपाईको प्रतिक्रिया दिनुहोस