योग के हो ? यसको महत्त्व किन बढ्दै छ ?


नेपाली जिवनशैली तीव्र रुपमा बदलिरहेको छ । त्यसकारण मानिसमा उत्पन्न मानसिक समस्या तथा शरीरिक रोगको समाधानको रुपमा योगलाई प्रभावकारी उपचारको संज्ञा दिएको छ । आज विश्वभर अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी नेपालमा समेत मनाईदै छ । योग सबै उमेर समुहको मानिसले गर्न सक्छ त्यसकारण हाम्रो समाजमा दिनहुँ योगको लोकप्रयिता बढ्दै गएको पाइन्छ । कतिपय चिकित्सा विज्ञानले समाधन गर्न नसकेको उपचार योगमार्फत ठिक भएको उदाहरण नेपाली समाजमा छ ।

योग के हो ?
आत्माको परमात्मासितको जोड्ने एक शैलीलाईलाई नै योग भनिन्छ । । योगको शाव्दिक अर्थ पनि जोड हो । आशानको माध्यमबाट ईश्वरसँग जोड्नुनै योग हो । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनुनै योग हो । वास्तवमा रोगीका लागि योग चिकित्सा पद्धति हो भने निरोगीका लागि जीवन पद्दति हो । योग भनेको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृमतर्फ र सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो ।

पतञ्जलीको सिद्धान्तनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । मानव जिवनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति, उत्पत्ति र लय भइरहेको हुन्छ । योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ । योग शब्दको सामान्य अर्थ सम्बन्ध पनि हो । केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन्। संक्षेपमा भन्नुपर्दा आफ्नो इच्छाशक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ । तर, अहिले योगको परिभाषा बदलिएको छ ।

आजको युगमा शहरीकरण तथा बदलिँदो जीवनशैलीले गर्दा मानिसहरुलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग भन्न सकिन्छ । यस अर्थमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ । त्यसैले योग एउटा जीवनशैलीको रुपमा हेर्नुपर्छ र बनाउनुपर्छ ।

योगका प्रकार
धेरै प्रकारका योग हुन्छन तर खासमा तीमध्ये तीन प्रकारका योग नेपालीमा समाजमा चलन चल्तीमा रहेको छ । ती हुन् ज्ञानयोग, कर्म योग र भक्ती योग ।

१, ज्ञान योग

गीतामा शिक्षाद्वारा ज्ञान योगको बारेमा भनेका छन् आफ्नो सम्पूर्ण जगतमा ज्ञानको प्रकाश फैलाएर उनीहरूलाई कामरूपी भवबन्धनबाट बचाउनु भनिएको पाइन्छ । ज्ञानभन्दा शुद्ध चिज संसारमा केही छैन् । आत्मज्ञानले व्यक्तिलाई समाधिसम्मको यात्रा गराउँछ ।

२, कर्म योग

भागवत गीतामा कसैले भक्तिपूर्वक गरेको कर्मलाई कर्मयोग भनिएको छ । कर्मयोगमा सर्वप्रथम काम त्याग्नु भनिएको पाइन्छ । कर्म नै पूजा हो । आराधना हो। निष्काम कर्मनै गीताको मुख्य एकमात्र सार हो।

३, भक्ति योग
भक्तियोगको विषयमा गीता भन्दछ कि यदि कोही व्यक्ति भगवानको सान्निध्य चाहिन्छ भने उसले भगवानको भक्ति गर्नुपर्दछ । यदि कोही योगीमध्ये जसले आफ्नो अन्त:करणमा निरन्तर भगवानको चिन्तन गर्छन् उही योगी परमसिद्ध हुन्छ्न् ।
भगवान संगको साक्षात्कारको लागि भक्ती योगको मार्ग अवलम्बन गर्नुपर्छ। बास्तवमा ऋषि, महर्षि, योगीहरुले यहिँ मार्गको यात्रा गर्छ्न् ।

क्याटेगोरी : जीवनशैली
ट्याग : #योग

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ