यी हुन् कोरोनाको सुरुवातदेखि अहिलेसम्म राज गर्ने गाउँपालिकाका कार्यकारीहरू
काठमाडौं । गाउँपालिका/नगरपालिका अधिकांश प्रमुख प्रशासकीय अधिकृत (कार्यकारी)हरू एक वर्ष नपुग्दै सरूवा हुने गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक आर्थिक वर्षको सुरुवात साउन मसान्तभित्र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत चलाउने गरेको छ । तर कोरोनाको सुरुवातदेखि अहिलेसम्म गाउँपालिकाका कार्यकारीमा राज गरिरहेका दर्जनौं अधिकृतहरु रहेको स्वास्थ्य लाइभको खोजीमा फेला परेको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा ती गाउँपालिकाले कोरोनाकालमा अनियमितता गरेको औंल्याएको छ । गाउँपालिकाका कार्यकारी भने ३ वर्ष बढीदेखि एउटै गाउँपालिकामा राज गरिरहेको पाइन्छ ।
कोरोनाकालमा स्वास्थ्यकर्मीले भत्ता पाइरहेको बेला ती गाउँपालिकामा प्रशासनका कर्मचारीले कोभिड भत्ता खाएका थिए । त्यस्ता प्रमुख प्रशासकीय अधिकृत अहिलेसम्म पनि एउटै गाउँपालिका टिकिरहनु रहस्यको विषय हो । प्रदेश १ का स्थानीय तहमा विक्रम लिम्बु, मेहश राईदेखि रेख बहादुर थापासम्म तीनवर्ष बढी प्रमुख प्रशासकीय अधिकृत भएर राज गर्नेमा पर्छन् ।
मधेश प्रदेशका स्थानीय तहमा रमेश प्रसाद यादव, कृष्णानन्द सिंह, नवीन कुमार श्रीवास्तवलगायत ३ वर्ष बढीदेखि राज गर्न कार्यकारीमा पर्छन् । बागमती प्रदेशका स्थानीय तहमा रामकुमार पुडासैनी, नवराज ओली, महेन्द्र विश्वकर्माहरु कोरोना कालदेखि हालसम्म राज गर्ने कार्यकरीमा पर्छन् ।
गण्डकीका गाउँपालिकाको कार्यकारीमा भीमसेन श्रेष्ठ, शम्शेर गुरुङ, अमृत सुवेदी, लुम्बिनीमा बाबुराम पल्ली, निम बहादुर केसी, लाल बहादुर योगी, बस बहादुर रानालगायत ३ वर्ष बढीदेखि राज गर्नेमा पर्छन् । त्यस्तै सुदूरपश्चिम प्रदेश अन्तर्गतका गाउँपालिकामा नारायण बहादुर विष्ट, अर्जुन सिंह कार्की, राज बहादुर सार्की र दिलिप कुमार तामाङ कोरोनाको सुरुवातदेखि अहिलेसम्म राज गर्ने प्रमुख प्रशासकीय अधिकृतमा पर्छन् ।
यी हुन् ३ वर्ष बढीदेखि राज गरिरहेका कार्यकारीहरू
👉विक्रम लिम्बु-पाँचथर हिलिहाङ गाउँपालिका, पाँचथर
👉भागवत प्रसाद रेग्मी-माईजोगमाई गाउँपालिका, इलाम
👉महेश राई-सन्दकपुर गाउँपालिका, इलाम
👉राम राज पौडेल-सिलीचोङ गाउँपालिका, संखुवासभा
👉चुडामणि गुरागाईं-देवानगञ्ज गाउँपालिका, सुनसरी
👉राम कुमार कार्की-सुनकोशी गाउँपालिका, ओखलढुङ्गा
👉रेख बहादुर थापा-रावावेशी गाउँपालिका, खोटाङ
👉रमेश प्रसाद यादव-राजगढ गाँउपालिका, सप्तरी
👉कृष्णानन्द सिंह-सिरहा अर्नमा गाउँपालिका
👉गणेश चन्द्र मिश्र-सम्सी गाउँपालिका, महोत्तरी
👉प्रमोद कुमार साह-आदर्श कोटवाल गाउँपालिका, बारा
👉नविन कुमार श्रीवास्तव- सुवर्ण गाँउपालिका, बारा
👉नवराज ओली-कालिन्चोक गाउँपालिका, दोलखा
👉महेन्द्र विश्वकर्मा-मेलुङ्ग गाउँपालिका, दोलखा
👉लोक बहादुर बि.क-जुगल गाउँपालिका, सिन्धुपाल्चोक
👉लक्ष्मीप्रसाद अधिकारी-खानीखोला गाउँपालिका, काभ्रेपलान्चोक
👉रामकुमार पुडासैनी-मकवानपुरगढी गाउँपालिका, मकवानपुर
👉अनिल श्रेष्ठ-गंगाजमुना गाउँपालिका, धादिङ
👉बद्रीनाथ लम्साल-ज्वालामूखी गाउँपालिका, धादिङ
👉भिमसेन श्रेष्ठ-चुमनुव्री गाउँपालिका, गोरखा
👉शम्सेर गुरुङ्ग-दोर्दी गाउँपालिका, लमजुङ
👉अनन्तराज न्यौपाने-बिरुवा गाउँपालिका , स्याङ्जा
👉अमृत सुवेदी- रघुगंगा गाउँपालिका, म्याग्दी
👉श्री प्रसाद गौतम सुप-पाल्हीनन्दन गाउँपालिका, नवलपरासी
👉बाबुराम पल्ली-कालीगण्डकी गाउँपालिका, गुल्मी
👉निम बहादुर केसी-त्रिवेणी गाउँपालिका, रोल्पा
👉लाल बहादुर योगी-गढवा गाउँपालिका, दाङ
👉बस बहादुर राना-जानकी गाउँपालिका, बाँके
👉चन्द्र सिंह श्रेष्ठ-भूमे गाउँपालिका, रुकुम पूर्व
👉नारायण बहादुर विष्ट-जानकी गाउँपालिका, कैलाली
👉अर्जुन सिंह कार्की- बर्दगोरिया गाउँपालिका, कैलाली
👉राज बहादुर सार्की-मोहन्याल गाउँपालिका, कैलाली
👉दिलिप कुमार तामाङ-गन्यापधुरा गाउँपालिका, डडेल्धुरा
क्याटेगोरी : सुशासनट्याग : #अधिकृत, #कार्यकारी, #कोरोनाकाल, #गाउँपालिका, #बागमती, #संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
तपाईको प्रतिक्रिया दिनुहोस